नियम २१३
संसदीय दलको कार्यालय

(१) प्रतिनिधि सभामा प्रतिनिधित्व भएका राजनीतिक दलको संसदीय दलको कार्यालय सचिवालय परिसरमा रहनेछ ।
(२) संसदीय दलको कार्यालय सञ्चालन सम्बन्धी अन्य व्यवस्था दलको सदस्य सङ्ख्याको आधारमा कार्यव्यवस्था परामर्श समितिको परामर्शमा सभामुखको निर्देशन अनुसार सचिवालयले मिलाउनेछ